२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराट गोल्डकप : भुटानको विजयी सुरुवात

अ+ अ-

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीम  विजयी भएको छ ।

आरटिएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गरेको हो ।भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गरेर आफूलाई अग्रता दिलाएको थियो भने त्यसपछि पनि अर्को गोल थपेर विभागीय टोलीलाई पाखा लगाएको थियो । खेल सुरु भएको ३६औँ मिनेटमा किन्ले ग्यालसेन, ४०औँ मिनेटमा सिद्धार्थ गुरुङ र ६३ औँ मिनेटमा किन्जाङ तेन्जिङले गोल गरेका थिए । खेलाडी तेन्जिङ ‘प्लेयर अफ द म्याच’ घोषित भएर नगद रु ११ हजार प्राप्त गरेका छन् ।

त्यसअघि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रतियोगिताको उद्घाटन गर्दै खेलका माध्यमबाट देशको गरिमा वृद्धि हुने भएकाले त्यसलाई आत्मसात् गर्दै खेलाडीहरू मैदानमा उत्रनुपर्नेमा जोड दिए । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खेलका माध्यमबाट सामाजिक सद्भाव कायम गर्न सहज हुने बताए । 

प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाईज, विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यूरोड कर्नर टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ भिड्ने छन् । यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको आरटिसी फुटबल क्लब उपाधिका निम्ति प्रतिस्पर्धा गर्न विराटनगर आएका छन् ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच  लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । आज त्रिभुवन आर्मी क्लब र (एनआरटी)बीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस