१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा लोक सेवा आयोगको राष्ट्रिय सम्मेलन सुरु

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ। ‘योग्यता, निष्पक्षता, स्वच्छता: लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले चौथो सम्मेलनको उद्घाटन गरे। 

कार्यक्रममा उनले संवैधानिक निकायमध्ये लामो इतिहास बोकेको आयोगले आफूबाट सम्पादन हुने कार्यमा योग्यता प्रणालीको स्थापना, प्रवर्द्धन, र सम्वर्द्धन गर्न र यस मातहतका कार्यालयमा आवश्यकता अनुसार समन्वय, सहकार्य र सहजीकरण गरी आपसी कार्यगत सम्बन्ध एवं समन्वयलाई कार्यरुप दिनका लागि राष्ट्रिय सम्मेलन आयोजना गरिएको जानकारी दिए।

आयोगले सङ्घीय कानुन बमोजिम अपनाएको सिद्धान्त र मापदण्डलाई अवलम्बन गर्दै आएको जनाउँदै अध्यक्ष रेग्मीले भने, “यसले विभिन्न सेवाका लागि उपयुक्त उम्मेदवार छनोटका लागि सञ्चालन गरिने परीक्षाको किसिम, पाठ्यक्रम तर्जुमा, परीक्षणविधि निर्धारण, विज्ञको छनोट, प्रश्नपत्र निर्माण तथा परिमार्जन, परीक्षा सञ्चालन, उत्तरपुस्तिकाको सङ्केत नम्बरको प्रयोग, परीक्षण, अन्तरवार्ता सञ्चालन, नतिजा प्रकाशन र सिफारिसलगायतका कामकारबाही तोकिएको अभ्यास, विधि र मापदण्ड अनुसार गर्दै आएको छ।”
 
आयोगको मूल्य, मान्यता, सिद्धान्त, मापदण्ड, विधि र प्रविधिको पूर्णतः अनुशरण र समयानुकूल परिस्कृत गर्दै लैजान तथा राजनीतिक, सामाजिक, र व्यक्तिगत सम्बन्धका आधारमा पर्न सक्ने प्रभाव, दबाब र आग्रहबाट मुक्त भई निष्पक्ष भर्ना र छनोटद्वारा राज्यको सेवामा वर्तमान र भावी चुनौतीको सामना गरी राज्यलाई निकास दिनसक्ने योग्य जनशक्ति प्रवेश गराउने साझा उद्देश्यका साथ आयोग अगाडि बढेको रेग्मीले बताए।

यसअघि आयोगले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढीमा विसं २०७९ फागुन १९–२० गते सम्पन्न तेस्रो सम्मेलनबाट पाँच बुँदे घोषणापत्र र दश बुँदे निर्णय जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस