काठमाडौँ । राजस्व अनुसन्धान विभाग महानिर्देशक नवराज ढुंगानाले राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै गरिएको बताएका छन् ।
ढुंगानाले बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा यो जानकारी दिएका हुन् । चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको उनले बताए ।
ढुंगानाका अनुसार ती मुद्दामा ४५ प्रतिवादीलाई एक अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ ।
विभागले ४५ मुद्दा विदेशी विनियम अपचलनका ९७ करोड १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ। विदेशी विनिमय अपलचमा ८३ जना प्रतिवादी रहेका छन्। विभिन्न प्रकृतिका राजस्व छलीका घटनाहरू रहेका छन्। डिडिटल करेन्सी, क्रिप्टो करेन्सी, हुण्डी कारोबार गरी राजस्व छली गरेको पाइएको विभागले जनाएको छ।