२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको छ : परराष्ट्रमन्त्री साउद

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि कूटनीतिक पहल भइरहेको बताएका छन् ।

मंगलबार सिंहदरवारमा रुसी सेनामा रहेका नेपालीका परिवारको ज्ञापन पत्र बुझ्दै मन्त्री साउदले रुसी सेनामा रहेका नेपालीहरुलाई सकुशल स्वदेश फर्काउने दायित्व सरकारको भएको भन्दै कूटनीतिक पहल भइरहेको बताए ।

रुसी सेनामा रहेर ज्यान गुमाएका नेपालीको पार्थिव शरिरलाई नेपाल ल्याउन पनि छलफल र कुराकानी भइरहेको उनले बताए । उनले रसियन सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गराउन कुटनीतिक संवादमा रहेको जानकारी दिए ।

रसियन सेनामा भएका नेपालीका दुई सयभन्दा बढी परिवारले परराष्ट्रको कन्सुलरमा आवेदन दिएको भन्दै उनले अन्यलाई पनि अनलाइनबाटै आवेदन दिन आग्रह गरे । उनले सरकारले मान्यता नदिएका स्थानमा जान नदिन पनि आग्रह गरे ।

रुसी सेनामा रहेका नेपालीका आफन्त धादिङ गोर्खाकी कविता कुमालले रुसी सेनामा रहेका आफन्तलाई नेपाल फर्काउन आग्रह गरिएको जानकारी दिए । मन्त्रीको कुरा सुन्दा आशावादी रहेको उनको भनाइ छ ।

रुसी सेनामा रहेका नेपालीका परिवारले आफ्ना आफन्तजनको अवस्था सार्वजनिक गर्न, मृतक तथा रुसी सेनामा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो स्वदेश फर्काउनका लागि पहल गर्न मन्त्री साउदलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस