२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूखुसी पैसा लिएको भन्दै स्वास्थ्य उपचारको शुल्क तोक्न तोसिमा कार्कीको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य उपचारको शुल्क सरकारले तोक्नुपर्ने माग गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘तरकारीदेखि तेलसम्म, नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकि दिएको छ । तर, बिरामीको उपचार जस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क तोकेको छैन ।

शुल्क नतोकिएका कारण अस्पतालहरूले मनलाग्दी गरिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘कुन उपचारको, कुन परीक्षणको कति पैसा लाग्छ न शुल्क निर्धारण छ न नियमन । अस्पताल र प्रयोगशालाहरूले आफूखुसी शुल्क तोकिरहेका हुन्छन् । निजीमा मात्र होइन सरकारी अस्पतालमा समेत शुल्कको एकरूपता छैन ।’

संविधानको धारा ३५ ले प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारबारे जानकारी पाउने हक दिएको तर, त्यो अस्पतालको झ्यालमा पुगेपछि मात्रै बिरामीले थाहा पाउने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरिन् ।

सरकारले नियमन नगर्दा बिरामीहरूले एउटै उपचारका लागि फरक-फरक शुल्क तिर्नुपरिरहेको सांसद कार्कीले बताइन् ।

भिडियो एक्सरेको शुल्क ५ सय देखि २५ समय सम्म रहेको भन्दै उनले प्रश्न गरिन्, ‘पाँच गुणासम्म फरक हुन्छ ?’ अपरेशनको शुल्क डेढ लाख रुपैयाँसम्म रहेको भन्दै उनले कुन उपचारको, कुन परीक्षणको कति शुल्क तोक्ने भनी मापदण्ड हुनुपर्ने बताइन् ।

पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी सांसद कार्की प्रश्न गरिन्, ‘लुगा बेचे जस्तो, जुत्ता बेचेजस्तो मोलमोलाइ गर्न पाइन्छ स्वास्थ्य उपचारमा पनि ?’

प्रतिक्रिया दिनुहोस