१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँले सेताम्मे मनाङ, किसान हर्षित

अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ । अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन । तर समय घर्किसकेपछि हिमपात भएको छ । कम मात्रामा हिमपात भए पनि पर्याप्त भने पर्न सकेको थिएन । यस वर्ष फागुन दोस्रो साताबाट मात्रै भारी हिमपात भएको छ ।

बुधबार साँझदेखि यहाँ हल्का हिमपात सुरु भएकामा रातभर भारी हिमपात भएको छ । समय घर्किसकेपछि परेको हिमपातले यहाँका घर, डाँडाकाँडा सेताम्मे भएका छन् । समयमा हिउँ परेको भए हिउँदमा पनि पर्यटक हिउँ खेल्न आउने गर्दथे । तर यस वर्ष समयमा हिउँ नपर्दा पर्यटक भने आउन सकेनन् । हिमपात भारी भएपछि पर्यटक हिउँ खेल्न आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए ।

उनले भने, ‘कम मात्रामा हिउँ परिरहेकै हो । चिसो अत्यधिक नै थियो । तर हिजो साँझदेखि रातभर भने भारी हिउँ पर्‍यो । जसले किसानलाई खुसी बनाएको छ । यसले पर्यटकलाई आकर्षण पनि गर्नेछ ।’ जाडो छल्न बाहिर गएका मनाङी जिल्ला फर्किरहेको उनले बताए । अब खेती गर्ने याम पनि सुरु हुने भएकाले हिमपात भएपछि किसान हर्षित भएको प्रजिअ लामिछानेले बताए ।

उनले भने, ‘मनाङी जिल्ला भित्रिन थालेकाले विद्यालय, होटल पनि खुल्न थालेका छन् । जसले गर्दा अब यहाँ पर्यटक भित्रिने समय भएको छ । जाडो कम हुन थालेपछि सहज बन्दै जानेछ । तर पर्यटक तथा स्थानीयवासीलाई चिसोले हुनसक्ने स्वास्थ्यको सचेतता अपनाउन आग्रह गरेका छौँ ।’ यहाँको मौसम अनुकूल बन्दै गएपछि अब पूर्वाधार निर्माणका कामले पनि गति लिने प्रजिअ लामिछानेले बताए ।

हिउँले नै यहाँको कृषि क्षेत्र सिञ्चित हुने भएकाले पनि यहाँका किसानमा खुसी छाएको छ । समयमा कम मात्रामा परेको हिउँले बेमौसममा परेको हिउँलाई पछिसम्म सिञ्चित गर्नेछ । जसले गर्दा किसानमा खुसी छाएको छ ।

पर्यटन क्षेत्रको आकर्षणको केन्द्र मनाङमा अब पर्यटक आउने याम सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रमुख ढकबहादुर भुजेलले बताए । याम सुरु भएसँगै पर्यटक आगमन हुने भएकाले सचेत भएर आउन उनको आग्रह छ । उनले भने, ‘पहिलेको तुलनामा अहिले हिमपात हुने समय फेरिएको छ । विशेषगरी मङ्सिरदेखि माघसम्म भारी हिमपात हुने समय हो । तर अहिले फागुनदेखि मात्रै भारी हिमपात हुने गरेको पाइन्छ । यसले गर्दा यहाँ आउने पर्यटकले जोखिमलाई ध्यान दिएर यात्रा गर्न सुझाउँछौँ ।’

हिमपात तथा बेमौसममा पनि यहाँ दैनिकरूपमा १५ देखि २० पर्यटक आउने गरेको उनले जानकारी दिए । त्यसै पनि मनाङको अन्नपूर्ण पदमार्ग जोखिम नै छ । तर यहाँको मौसमलाई ध्यान दिएर मात्र यात्रा गर्नुपर्ने उनको भनाइ छ । उनले भने,‘अहिले परेका हिउँ घाम लागेपछि पग्लिने हुन्छ । जसले गर्दा जोखिम बढी हुन्छ । हिउँ थुप्रिएर रहेको स्थानमा सतर्कता अपनाउनुपर्ने हुन्छ । पर्यटकले यसलाई ध्यान दिनुपर्ने हुन्छ ।’

हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरतासँग रमाउँदै मनाङबाट पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्लापास पार गर्दछन् । अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पार गरी मुस्ताङको मुक्तिनाथ हुँदै पोखरा जाने गर्दछन् । मनाङ आउने पर्यटक केही अन्नपूर्ण पदमार्गमार्फत थोराङ्ला भञ्ज्याङ जान्छन् भने केही पर्यटक पाँच हजार दुई सय मिटर उचाइमा अवस्थित काङ्लापास पार गरी मनाङ ङिस्याङ गाउँपालिका-३ ङावल निस्कने गर्दछन् ।

मनाङ आएका पर्यटक विश्वकै अग्लो स्थान चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित तिलिचो ताल, चार हजार छ सय मिटर उचाइमा अवस्थित आइसलेक, तीन हजार पाँच सय मिटर उचाइमा रहेका गङ्गापूर्ण ताल पुग्ने गर्दछन् । तर गङ्गापूर्ण ताल भने अहिले बगरको रूपमा परिणत भएको छ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौताराबाट पदयात्रा सुरु हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत् मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।

प्रतिक्रिया दिनुहोस