२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरणमा तानिए रवि लामिछाने र जिबी राई

अ+ अ-

काठमाडौँ । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक जितेन्द्र बहादुर (जिबी) राई सम्पत्ति शुद्धीकरणमा तानिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूको सम्पत्ति माथि छानबिन सुरु गरेको छ ।

लामिछाने र राईले हजारौँ बचतकर्ताको करोडौँ रुपैयाँ खाइदिएको भन्दै उजुरी परेपछि विभागले छानबिन अघि बढाएको हो । विभागले विभिन्न २० वटा बैंकहरूलाई पत्र लेखेर बैंकमा रहेको खाता विवरण तथा कागजात उपलब्ध गराउन भनेको हो । 

पत्रमा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेको हुँदा त्यहाँ बैंकहरूमा निम्न व्यक्तिहरूको नाममा कुनै किसिमको खाता छ, छैन ? भए के–कुन प्रकारको खाता रहेको छ ? खाता विवरण (बैंक स्टेटमेन्ट) खाता खोल्दाको बखत पेस गरेका कागजातहरू (केवाइसी) र हालको मौज्दात समेतको सफ्ट कपी एक्सल सिटमा यस विभागमा इमेल ठेगाना मार्फत अनिवार्य रूपमा पठाई दिनुहुन अनुरोध गरिएको छ ।’

विभागले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, एनआइसी बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमइ बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक र माच्छापुछ्रे बैंकलाई एकमुष्ट लेखेको पत्रमा रवि र जिबी राईको खाता विवरण उपलब्ध गराइदिन भनिएको छ । साथै विभागले उनीहरूले बैंकबाट ऋण लिएको भए सो को विवरण तथा ऋण लिँदा पेस गरेका सम्पूर्ण कागजातहरूको प्रमाणित प्रतिलिपिसमेत उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन भनेको छ ।

गोर्खा मिडिया नेटवर्क प्रा.लि.का नाममा सहकारी ऐनविपरित ऋण प्रवाह गराएका आरोप राईमाथि लागेको छ । राई सूर्य दर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन् । नेपाल प्रहरीले उनीविरूद्ध डिफ्युजन नोटिस समेत जारी गरेको छ । लामिछाने राईका व्यापारिक साझेदार हुन् । ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए ।

प्रतिक्रिया दिनुहोस