२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि उपकुलपतिमा राम्रा मान्छेहरूले आवेदन नै गरेनन् : डा. विमला राई

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरूलाई ‘सर्टलिस्ट’मा पारिएको आरोप लगाएकी छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पौड्यालले सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भाषण गरेर व्यवहारमा भने पहिले नै परीक्षण भइसकेका व्यक्तिहरूलाई उपकुलपतिको ‘सर्टलिस्ट’ मा पारेको भन्दै आपत्ति जनाएकी हुन् । 

उनले विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई र्‍याङकिङमा पछाडि धकेल्नेहरुलाई सर्टलिष्ट गरिनुले फेरि उनीहरू नेतृत्वमा आउन हाबी भएका त होइनन् भन्ने आशंका पैदा भएको बताइन् ।

त्यसबाट सरकारले भनेजस्तो खुला प्रतिस्पर्धा नभई फेरि राजनीतिक हस्तक्षेपबाट नेतृत्व चयन गर्न लागेको पुष्टि हुने आरोप लगाइन् ।

 ‘शिक्षामन्त्रीज्यूको नेतृत्वमा एउटा समिति गठन भएको छ । मेरिटको आधारमा उपकुलपति लिने भनेका छौँ र छनौट तथा सिफारिस समिति बनेको छ, ‘उनले भनिन्, ‘पहिलो कुरा त मलाई के लाग्छ भने राम्रा मान्छेहरू आवेदन दिएर छनौट प्रक्रियामा आउँदैनन् । यसपटक पनि आवेदन गरेनन् । राम्रो मान्छेहरू नेतृत्वले एकदम राम्रोसँग टेस्टेड र असाध्यै राम्रो मान्छेहरू चाहिँ नेतृत्वले गएर आवेदन गर्नुस् न भनेर भन्नुपर्छ । अथवा तपाई आएर चार वर्ष यो विश्वविद्यालय सम्हाल्नुस् भन्नुपर्छ । हामीले त्यति हिम्मत गर्न सकेनौँ । राम्रा मान्छेहरूले आवेदन नै दिएनन् । अहिले सर्टलिष्टमा त झन् पहिल्यै असफल भइसकेका टेष्टेड र फेलहरूलाई समेटिएको छ ।’

प्रतिक्रिया दिनुहोस