४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरटी र एपीएफ मकवानपुर गोल्ड कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै  

अ+ अ-

मकवानपुर । छैठौँ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता-२०८०(मकवानपुर गोल्डकप फुटबल) प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । प्रतियोगिताको उपाधिका लागि काठमाडौँको न्युरोड टिम (एनआरटी) र सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो १ बजे  हेटौँडा-६ स्थित गौरीटार रङ्गशालामा सुरु हुनेछ । 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन गरिएको खेलमा बुधबार पहिलो सेमिफाइनलमा धनकुटाको राजारानी क्लबलाई टाइबे्रकरमा १७–१६ गोल अन्तरले हराउँदै एनआरटी फाइनलमा प्रवेश गरेको थियो । यस्तै, बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको बागमती क्लबलाई ४-० गोलले हराउँदै एपीएफले फाइनलमा स्थान पक्का गर्‍यो । 

एनआरटीका टिम कोच जीवन सिंहले निकै प्रतिस्पर्धात्मक अवस्थामा पनि जित निकालेको भन्दै खेलाडीहरूले उपाधि प्रतिस्पर्धामा राम्रो प्रदर्शनी गर्ने बताए । 

पहिलो खेलबाटै खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै आजको फाइन खेलमा पनि खेलाडीहरू परिवर्तन नगर्ने बताए । 

सेमिफाइनल खेलमा भएको रोमाञ्चक प्रतिस्पर्धाबाट आफूहरूले नयाँ अनुभव बटुलेको सिंहको भनाई छ । यस्तै, एपीएफका टिमकोच सुमन श्रेष्ठले आफ्नो टोलीले छोटो समयमा प्रतियोगितामा सहभागी भएर फाइनमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गरे । 

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीहरूलाई राम्ररी प्रशिक्षण दिन नपाएको बताएका उनले  फाइनलमा पनि उपाधि जित्ने गरी प्रतिस्पर्धा गर्ने बताए । 

प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३ सय ५० सीसीको बुलेट बाइक प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरूलाई २५-२५ हजार रुपैयाँले सम्मान गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस