२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आयोगलाई स्वायत्त बनाउन विधेयकको मस्यौदा तयार गर्नुस्, मन्त्रालय अवरोध गर्दैन’: मन्त्री राई

अ+ अ-

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षक सेवा आयोगलाई स्वायत्त बनाउन मन्त्रालयले कुनै अवरोध नगर्ने बताएका छन् । 

आज सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको शिक्षक सेवा आयोगको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले त्यसका लागि आवश्यक विधेयकको मस्यौदा तयार गर्न आयोगलाई आग्रह गरे । 

उनले भने, “आयोगलाई स्वायत्त बनाउन आवश्यक छुट्टै कानुन बनाउन हामी तयार छौँ, तर विधेयकको मस्यौदा बनाउने काम आयोगले गरोस्, त्यसमा हाम्रो समर्थन छ, आयोगलाई स्वायत्तता सुतिचित गर्ने गरी कानुन बनाउन मन्त्रालयले कुनै अवरोध गर्दैन ।”

त्यसका लागि मन्त्रालयबाट गर्नुपर्ने काम भए तत्परताका साथ अघि बढाउने भन्दै उनले आयोगको आर्थिक र भौतिक समस्या समाधान गर्न पनि मन्त्रालय तयार रहेको बताए । 

कार्यक्रमका वक्ताले आयोगको समस्याबारे शिक्षा मन्त्रालयको ध्यान पुग्न नसक्ने भन्दै प्रश्न उठाएपछि मन्त्री राईले भने, “आयोगमा मन्त्रालयको ध्यान नपुगेको हुन सक्ला तर ध्यान पुगेर मात्रै हुँदैन । सीमित साधनस्रोतले पनि काम भइरहेको छ कि जस्तो लागेको छ । म मन्त्री भएपछि आयोगको एउटै पनि गुनासो सुन्न परेको छैन । यहाँ राम्रो ढङ्गले काम भएकै कारण गुनासो नआएको होला भन्ने मलाई लागेको छ ।”

शिक्षकलाई राजनीतिक दलले नै बिगारेको बताउँदै उनले भने, “म शिक्षकको प्रशंसक हुँ तर शिक्षक साथीलाई बिगारेको हामीले हो, म त्यसको । जिम्मेवारी लिन्छु, शिक्षकलाई आन्दोलन गरियो, गराइयो त्यो यथार्थ हो । अहिले सबै कुरा शिक्षकको टाउकोमा हालेर भाग्न मिल्दैन । परिस्थिति बदलिएको छ । अब आन्दोलन होइन, सबै मिलेर निर्माणमा जुट्नुपर्छ ।” 

आन्दोलनका क्रममा शिक्षकसँग गरेको सम्झौता मुलुककै आर्थिक अवस्था कमजोर भएका कारण कार्यान्वयनमा आउन नसकेको बताउँदै उनले सरकारले शिक्षकसँग सम्झौता गरे पनि आर्थिक अभावका कारण कार्यान्वयन गर्न नसक्दा शिक्षा मन्त्रालयले गाली खाइरहेको बताए ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री प्रमीला कुमारीले सामुदायिक विद्यालय सुधारको जिम्मा शिक्षक सेवा आयोगलाई दिनुपर्ने बताउँदै यसका लागि आयोगलाई लोकसेवा आयोगको जस्तै बनाएर लानुपर्ने औँल्याएकी छन्। 

आयोगले शिक्षकलाई लाइसेन्स दिए पनि लाइसेन्स प्राप्त शिक्षकलाई बाल मनोविज्ञानको ज्ञान भने नभएको टिप्पणी गरे । 

प्रतिक्रिया दिनुहोस