२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दादुरा-रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो

अ+ अ-

काठमाडौँ । सरकारले दादुरा-रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले दादुरा-रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए। उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए । 

अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ । उनका अनुसार भारतीय सेरम इस्सिच्युटले उत्पादन गरेको उक्त खोप गाभीको अनुदानमा उपलब्ध भएको हो । 

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाइएको छ । 

भारतसँग सीमा जोडिएका तथा दादुरा-रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए। क्रमशः५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उनको भनाइ थियो ।  

सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिम रुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ । सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो । 

खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले खोप टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा रहेको जनाउँदै चाँडै नै जिल्लामा पठाइने बताए । 

दादुरा-रुबेला भएको बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने लक्षण देखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उनले जानकारी दिए ।  

सामान्यता दादुरा-रुबेला लागेका बिरामीको आँखा पाकेर अन्धो हुने, कान पाकेर नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या हुने गर्दछ । गतबर्ष १९ जिल्लामा दादुरा-रुबेला महामारीका रूपमा फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस