१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संसदीय क्यालेन्डरलाई पछ्याए संसद र समिति दुवै प्रभावकारी बन्छन्’ 

अ+ अ-

काठमाडौँ । संसदको हिउँदे अधिवेशन व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक बस्नेगरी संसद सचिवालयले संसदीय क्यालेन्डर तयार गरेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच भएको छलफलका क्रममा सचिवालयले बनाएको सो कार्यतालिका (क्यालेन्डर)सम्बन्धमा जानकारी गराए । 

सभामुखले प्रस्ताव गरेको संसद र संसदीय समितिलाई प्रभावकारी बनाउने हेतु बनाइएको उक्त कार्यतालिकामा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीचमा सघन रुपमा छलफल भएको र त्यसमा आफूहरू सहमत भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । 

प्रस्तावमा संसदको आगामी बैठक र संसदीय समितिको बैठकलाई कसरी प्रभावकारी बनाउने सँगसँगै सांसदहरुलाई जनतामाझ जाने समयलाई व्यवस्थापन गर्ने विषयमा सघन ढंगले छलफल गरेको र क्यालेन्डर उपयोगी हुने गिरीले बताए । गिरीले छलफलका क्रममा सभामुखलाई केही सुझाव दिएको र त्यसलाई समेटेर उक्त प्रस्तावलाई अन्तिम रूप दिने तयारी सचिवालयले गरेको जानकारी दिए । 

छलफलमा ६ दिने आलोपालो बैठक बस्नेगरी सचिवालयले बनाएको क्यालेन्डर राम्रो भएको प्रतिक्रिया काँग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले दिए । क्यालेन्डर अनुसार काम हुने हो भने संसद प्रभावकारी बन्ने दाबी लेखकले गरे । 

‘वास्तवमा क्यालेण्डर आवश्यक नै हो । अहिले प्रतिनिधि सभाको नियमावलीमा नराखी यसको अभ्यास प्रारम्भ गरौं भन्ने कुरा छ,हामी सहमत भयौं । सचिवालयले बनाएको क्यालेण्डर अत्यन्त राम्रो छ। क्यालेण्डर अनुसार हामी हिँड्न सक्यौं भने संसद निकै प्रभावकारी हुन्छ । यसले कानून पारित गर्ने कुरामा पनि सहजता हुन्छ,’ लेखकले भने । 

क्यालेन्डर पहिलो चरणमा माघ २२ गतेदेखि १५ दिनसम्मका लागि सो तालिका कार्यान्वयन हुनेगरी आफूहरूले समर्थन गरेको भनाई उनको छ । सो क्यालेन्डर कार्यान्वयन भए सांसदहरुलाई तीन दिनसम्म कार्यव्यस्थता नहुने तथा संसदमा बोल्ने विषयमा पूर्वतयारी गर्न पर्याप्त समय मिल्ने हुँदा संसदको प्रभावकारिता र सांसदका लागि समेत सहज हुने धारणा लेखकको छ ।  

‘मान्य सदस्यहरूलाई कुन दिन बैठक बस्छ,त्यो दिन के बारेमा छलफल हुन्छ भनेर पूर्वतयारी गर्नका लागि पनि राम्रो हुन्छ । जुन दिन बैठक बस्दैन त्यो दिन उहाँहरूले अरु काम गर्ने कुरामा पनि सहजता हुने भएको हुनाले क्यालेण्डर संसदको प्रभावकारीताको लागि पनि राम्रो छ र मान्य सदस्यहरूको आफ्नो समयको व्यवस्थापनको लागि पनि यो उचित छ ।’

बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदीय क्याडेन्डर बनेपछि संसद् बैठक बस्छ भन्ने पहिल्यै जानकारी हुने भएकाले सांसदलाई गृह जिल्ला जान समेत समय व्यवस्थापन गर्न सहज हुने बताए । उनले २२ गते भन्दा अगाडि नै क्याडेन्डरको बनिसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस