५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपराजित रहँदै पुलिस क्लब प्रधानमन्त्री कपको फाइनलमा, एलिट कप खेल्ने शीर्ष ४ टिमको टुङ्गो

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको लिग चरणका खेल सकिएका छन्। सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमले एकअर्काबीच खेल्दा शीर्ष दुई टिम फाइनल पुगेका छन् भने शीर्ष चार टिमले एलिट कपका लागि स्थान पक्का गरेका छन्।

लिग चरणमा १० टिमबीच ४५ खेल भए। १० टिमले ९/९ खेल खेले। पुलिस लिग चरणका सबै खेल जित्दै १८ अंक जोड्दै अपराजित रहेर फाइनल पुग्यो। दुई खेलअघि फाइनलमा स्थान पक्का गरेको पुलिसले शुक्रबार भएको नवौं खेलमा सुदूरपश्चिमलाई ७८ रनले पराजित गर्‍यो।

दोस्रो स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको त्रिभुवन आर्मी क्लबले ७ खेल जितेर १४ अंक जोड्यो। आर्मीले अन्तिम खेलमा शुक्रबार गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्‍यो।

अब शनिबार पुलिस र आर्मीबीच उपाधि भिडन्त भएपछि प्रधानमन्त्री कप सकिनेछ। १२/१२ अंक जोडेका बागमती प्रदेशले तेस्रो र मधेस प्रदेशले चौथो स्थान हात पारे। ६–६ खेलमा विजयी भएका दुवै टिमले एलिट कपमा स्थान पक्का गरे।

अब चार टिमबीच हुने एलिट कपमा पुलिस, आर्मी, बागमती र मधेसबीच प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले प्रशिक्षणको रूपमा डेब्यू गरेको एपिएफको कप्तानी राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेलले गरे। तर एपिएफ यसपटक पाँचौँ स्थान सीमित बनेको छ । एपिएफले ९ मध्ये ५ खेल जितेर १० अंक जोड्यो । ४ खेलमा पराजित भएको एपिएफका लागि शीर्ष चारमा पुग्न नसक्नु दुखद पक्ष हो।

सुरुवातमा राम्रो प्रदर्शन गरेको सुदूरपश्चिम ८ अंक जोडेर छैटौँ भयो। उसले ९ मध्ये ४ खेल जित्यो भने ५ खेलमा पराजय भोग्यो।८ अंक जोडेको कर्णाली सातौँ भयो। कर्णाली सुदूरपश्चिमसँग रनरेटमा पछि पर्‍यो। उसले ४ खेलमा जित निकाल्यो भने ५ खेलमा पराजय भोग्यो।

आठौँ स्थानमा रहेको गण्डकीले २ खेल जित्न सक्यो भने ४ अंक जोड्यो। लुम्बिनी नवौं र कोशी दशौं स्थानमा रहे। लुम्बिनी र कोशीले एक एक खेलमा मात्र जित निकाल्न सके। लगातार आठ खेलमा पराजित भएको कोशीले अन्तिम खेलमा लुम्बिनीलाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस