१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा  दुर्लभ चरा चिनाउन  ‘होर्डिङ बोर्ड’

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ ।  नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले बोर्ड राख्ने काम गरिएको हो । बोर्डमा निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको नामसहितको तस्बिर राखिएको छ । 

यसमा सिमतित्रा, कैलोटाउके हाँस, राजलहाचे, खरमुजुर, सानो खरमुजुर, उत्कोशी फ्यालफ्याले, गोमायु महाचील, रणमत्त महाचिल, सारस, लोभीपापी गरुड, भुँडीफोर, बोक्सी चील, लघु महाचील, जीवाहार चील रहेका छन् । यसैगरी  सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, वन चाहा, सेतोकण्ठे घिप्सी, काँसे घाँसेचरी, नर्कट भ्याकुर, सुनौलो टोपचरा, बगाले बगेडीलगायत चराका तस्बिर होर्डिङ बोर्डमा अङ्कित गरिएको छ । होर्डिङ बोर्डमा चराको नेपाली र अङ्ग्रेजी नामसहित राखिएको छ । 

‘विश्वमै दुर्लभ लोपोन्मुख चरा जुन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइने गरेका छन्’, प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाका कार्यसमिति सदस्य सुवन चौधरीले भने, ‘चरा प्रेमी तथा निकुञ्ज भ्रमण गर्ने पर्यटकको सहजताका लागि होर्डिङ बोर्ड राखेका हौँ ।’ निकुञ्जको पर्यटन प्रवर्द्धन हुने गरी पर्यटक सहयोगी चरा चिनारी बोर्ड राखिएको उनको भनाइ रहेको छ । चराका तस्बिर अङ्कित होर्डिङ बोर्ड नेपाल भारत सीमा गड्डाचौकी र निकुञ्ज प्रवेशद्वार अगाडि राखिएको छ । 

अन्य स्थानमा समेत चराका तस्बिर भएका बोर्ड राख्ने कार्यक्रम रहेको पथप्रदर्शक सङ्घका अध्यक्ष खेम भण्डारीले बताए । निकुञ्जमा रहेका लोपोन्मुख चराको संरक्षण र प्रचारप्रसारमा टेवा पुर्‍याउने बोर्ड राखिएको उनको भनाइ छ । निकुञ्जमा विश्वका दुर्लभ चरा २४ र अन्य चार सय ६५ चरा पाइने जनाइएको छ  । किराफट्याङ्ग्रा नियन्त्रण गर्न, बीउ छर्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा चराले सहयोग पुर्‍याउने गरेका छन् । यसका अतिरिक्त चराले पर्यापर्यटनमा टेवा पुर्‍याउने कार्यसँगै वातावरणको शोभा बढाउन, विभिन्न धार्मिक सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस