२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग विभागको महानिर्देशकमा कोइराला, मन्त्रालय तानिए गौतम 

अ+ अ-

काठमाडौँ । उद्योग विभागको महानिर्देशकमा यज्ञ राज कोइराला नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालय तान्दै उनको ठाउँमा मन्त्रालयका सहसचिव कोइरालालाई पठाएको हो । उनले मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा हेर्दै आएका थिए ।

गौतमले विभागलाई गति दिन नसकेपछि कोइरालालाई पठाइएको मन्त्रालय स्रोतले जनाएको छ । ‘उद्योगीहरूको हितमा काम गर्न नसकेको गुनासोपछि गौतमलाई तान्नु परेको हो’, ती स्रोतले भने ‘निर्देशक र अधिकृतहरूसमेतलाई नै मिलाएर अघि बढ्न नसकेपछि उनी एक्लै जस्तो भएका थिए ।’ 

विभागलाई निकै महत्त्वपूर्ण मन्त्रालयका रूपमा लिइन्छ । देशको उद्योग प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका रहने विभागमा पछिल्लो समय नियमित कामकाज र आफ्ना रहर पुरा गर्ने निकायका रूपमा लिइँदै आइएको देखिन्छ । उद्योगधन्दाहरू दिनप्रतिदिन धरासायी हुँदै जानु र नयाँ सञ्चालनको गतिसमेत सुस्त रहनुले पनि यसलाई पुष्टि गर्दछ । 

औद्योगिक विकासका लागि स्वदेशी एवं विदेशी लगानी प्रवर्द्धन गर्नेदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण स्वीकृति प्रदान गर्दै विदेशी लगानीकर्ताहरूको प्रवेशाज्ञा सिफारिस गर्ने जिम्मेवारी विभागकै रहेको छ।

औद्योगिक एवं विदेशी लगानी कानुन र नीतिको तर्जुमा गर्न सघाउ पुर्‍याउँदै उद्योग दर्ता एवं अनुमति लिनु पर्ने उद्योगको अनुमति प्रदान गर्ने, औद्योगिक सुविधा तथा सहुलियत सिफारिस गर्ने, उद्योगहरूको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, आवश्यकताअनुसार उद्योगहरूको वातावरणीय पक्ष लगायतका विषयहरूको अनुगमनका साथै भारत निकासी हुने औद्योगिक वस्तुहरूको उत्पत्तिको प्रमाण पत्र जारी गर्न सहयोग गर्ने र औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड र  एकल बिन्दु सेवा केन्द्रको सचिवालयको कार्यसमेत विभागले गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस