२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालको आरोप : ओलीले हामीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन्

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिद्ध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिद्ध्याउन खोजिरहेको आरोप लगाउँदै त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरू क्रान्तिकारी हुनै नसक्ने बताए।

पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी) ले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

आफ्नै शक्ति बलियो बनाउने र एक्लै चुनाव जित्ने आँटका साथ पार्टी अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो। उनले अरु पार्टीको सामु माग्ने भएर नभई दिने हैसियतको पार्टी बनाउनुपर्ने भएकाले त्यसका लागि सिङ्गो पार्टी पङ्क्ति परिचालित हुन पनि सचेत गराए।

अध्यक्ष नेपालले भने, ‘हामीले देखिरहेका छौँ-हाम्रो पार्टीलाई यही पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिद्ध्याउन खोजिरहेका छन्। हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन्। अनि तिनको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दछ ? हुन सक्दैन। त्यसो हुनाले चुनौती छन। यति सजिलो छैन।’

प्रतिक्रिया दिनुहोस