२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियतालाई सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने सङ्कल्प गरौँ : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले राष्ट्रिय एकता दिवसको अवसरमा देशलाई समाजवादको दिशातर्फ अघि बढाउने सङ्कल्प लिन आह्वान गरेका छन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिँदै अब मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने बताए।

उनले भनेका छन्, अब हामीले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई सुदृढ गर्दै, सामाजिक-आर्थिक रूपान्तरण गर्ने, मानिसले मानिसलाई गर्ने शोषणबाट मुक्त पार्ने, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरुलाई सुदृढ बनाउँदै समाजवादको बाटोमा अग्रसर भएर मात्र एकीकरणका योद्धाहरू, हाम्रा वीर पुर्खाहरू, महान् शहिदहरु र आम नेपाली जनताको इच्छा र आकाङ्क्षा अनुरूपको समृद्ध नेपाल र सुखी नेपाली को सपना साकार पार्न सक्छौँ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको राज्य विस्तारको प्रक्रियाले उपत्यका एकीकृत भएपछि नेपालको ऐतिहासिक एकीकरणको अभियानको रूप लिएको उल्लेख गरेका छन्।

उनले अगाडि भनेका छन्, त्यही क्रममा नेपालका पूर्व पश्चिम, हिमाल, पहाड र तराईमा रहेका ६० भन्दा बढी स-साना राज्यहरूलाई एकीकरण गर्दै हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र सौर्यको परिणाम स्वरूप हाम्रो मातृभूमि नेपाल एउटा स्वाधीन, अखण्ड र सार्वभौम मुलुकका रूपमा तथा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रूपमा विकसित भएको छ ।

प्रतिक्रिया दिनुहोस