२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसीसी प्रिमियर कप ओमानमा हुने, नेपालसहित १० टोलीले खेल्ने

अ+ अ-

काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा एसीसी प्रिमियर कप आगामी अप्रिलमा ओमानमा हुने भएको छ ।

एसीसीले बिहीबार वर्ष २०२४ को क्यालेन्डर सार्वजनिक गर्दै प्रिमियर कप ओमानमा हुने जनाएको छ । प्रतियोगिता अप्रिल १० देखि २३ सम्म हुनेछ ।

प्रतियोगितामा साविक विजेता नेपालसहित एसियाका १० एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यस पटक प्रिमियर कप टी(२० फर्म्याटमा हुनेछ । जुनमा अमेरिका र वेष्ट इन्डिजमा टी-२० विश्वकप हुने भएकोले प्रिमियर कप पनि सोही फर्म्याटमा हुन लागेको हो ।

जसमा साविक विजेता नेपालसहित युएई, ओमान, हङकङ, कुवेत, मलेसिया,बहराइन, कतार र एसीसी च्यालेन्जर कपबाट छनोट भएर आउने दुई टोली हुनेछन् ।

जनवर २७ देखि फेब्रुअरी ११ सम्म थाइल्याण्डमा हुने च्यालेन्जर कपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

गत वर्ष घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपमा नेपालले युएईलाई हराएर च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो । पहिलो पटक एसिया कप खेल्दा नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो ।

एसीसी प्रिमियर कपको विजेताले एसिया कप खेल्न पाउने प्रावधान भएकोले नेपालको लागि यो प्रतियोगिता महत्त्वपूर्ण छ । जहाँ टेष्ट राष्ट्रसँग खेल्न पाउनेछ । तर एसीसीको क्यालेन्डरमा एसिया कप बारे स्थान र मिति कुनै उल्लेख गरिएको छैन ।

आगामी जुन १ देखि २९ सम्म आईसीसी टी-२० विश्वकप हुने तालिका रहेकोले पनि नेपालका लागि त्यसअघि खेल्ने प्रतियोगिताहरू राम्रो तयारी बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस