२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलैँचीको मूल्य उत्साजनक वृद्धि, प्रतिमन ८० हजार

अ+ अ-

विराटनगर । कोशीका पहाडी जिल्लाको मुख्य नगदेबालीमा पर्ने अलैँचीको मूल्य उत्साहजनक रूपमा बढेको छ । अलैँची प्रतिमन यति बेला ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

झण्डै दशकअघि प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो । तर बिस्तारै घट्दै आएर प्रतिमन २० हजार रुपैयाँसम्म पुगेको थियो ।

यो वर्ष भने फेरि अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान र व्यवसायीहरू उत्साहित बनेका छन् । अलैँची व्यवसायी महासंघ नेपालका अध्यक्ष निर्मल भट्टराईका अनुसार हाल अलैँची प्रतिमन ७८ देखि ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

ताप्लेजुङ, इलाम, पाँचथरलगायत पहाडी क्षेत्रमा उत्पादित अलैँचीलाई ग्रेडिङ गरेर मूल्य कायम गरिन्छ । ग्रेडिङपछि गुणस्तरका आधारमा त्यसको मूल्य केही कम बेसी हुने गरेको व्यवसायी बताउँछन् ।

गत वर्ष अलैँचीको कारोबार प्रतिमन २५ हजार रुपैयाँबाट सुरु भएर ५९ हजार रुपैयाँ प्रतिमन बिक्री भएको थियो । उत्पादित अलैँची झापाको बिर्तामोडमा संकलन गरी आवश्यक प्रक्रिया पुर्‍याएर भारततर्फ निकासी गरिन्छ । अधिकांश अलैँची भारत निर्यात हुने गरेको छ भने पाकिस्तान र खाडी मुलुकहरूमा पनि नेपाली अलैँची जाने गरेको छ । केही परिमाण अलैँची इटाली, जर्मनी र अमेरिकामा पनि निर्यात हुने गरेको छ ।

चालु आर्थिक वर्षको मंसिरसम्म झापाको मेची भन्सारबाट तीन अर्ब रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०८०-८१ को मंसिर मसान्तसम्म २३ लाख ७४ हजार ११० किलो अलैँची निर्यात भएको तथ्यांक छ । उक्त परिमाणको अलैँचीमा तीन अर्ब नौ करोड ८६ लाख १४ हजार रुपैयाँ नेपाल भित्रिएको जनाइएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम लगायत जिल्लामा अलैँची खेती प्रशस्त हुने गरेको छ ।

आर्थिक वर्ष २०७८-७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो । पूर्वी पहाडी जिल्ला र अरु जिल्लामा समेत गरी देशभर करिब १६ हजार हेक्टर जग्गामा अलैँची खेती हुने गरेको छ । उक्त क्षेत्रफलबाट करिब ८ हजार ३ सय टन अलैँची उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस