२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डको अध्यक्षबाट बाहिरिँदै गर्दा हमालले गराए कार्यप्रगतिबारे जानकारी

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदबाट बाहिरिँदै गर्दा रमेशकुमार हमालले आफ्नो कार्यकालमा गरेका प्रगतिबारे जानकारी गराएका छन् ।

उनले शुक्रबार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा आफ्नो आफ्नो कार्य प्रगति विवरण सुनाएका हुन् । उनी २०७८ फागुनमा बोर्डको अध्यक्ष भएका थिए । आफ्नो कार्यकालमा एसएमईज प्लाटफर्मका लागि नियमावली तयार गरी अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको उनले बताए ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेकालाई आईपीओमा १० प्रतिशत कोटा सुरक्षित गर्ने काम भएको, वस्तु विनियम बजार सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको, नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको, बजारमा उत्पादनमूलक तथा अन्य समूहका कम्पनीहरूको संख्या बढेको उनले बताए ।

उनको कार्यकालमा ब्रोकर कम्पनी सञ्चालनका लागि ‘ओपन इन्ट्री एण्ड इक्जिट’मार्फत तोकिएको मापदण्डभित्र रहेर थप कम्पनीलाई अनुमति पत्र प्रदान गरिएको छ । जसले ब्रोकरेज सेवाको गुणस्तर बढाएको हमालले बताए ।

‘बुक बिल्डिङ पद्धतिबाट आइपिओ निष्कासन प्रारम्भ भएको छ र यसले वास्तविक क्षेत्रका कम्पनीहरूलाई बजारमा प्रवेशको ढोका खुलेको छ’ उनले भने । त्यस्तै आस्बा शुल्कमा कटौती गरी लगानीकर्तालाई सहुलियत दिइएको हमालले बताए । ‘सूचीकृत ८८ कम्पनीहरूलाई समयमै वित्तीय विवरण नबुझाएकाले पहिलो पटक स्पष्टीकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएको छ’ उनले भने ‘बोर्डबाट लगानीकर्ताको हकहित संरक्षणका लागि कानुन प्रबलीकरण सुदृढ पार्ने क्रममा छोटो समयमा नै २० भन्दा बढी कारबाही गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस