धरान उत्सव उद्घाटनमा गएनन् प्रधानमन्त्री, मेयर बालेन सहभागी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धरान उत्सव उद्घाटनमा गएनन् प्रधानमन्त्री, मेयर बालेन सहभागी


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नभएपछि धरानका मेयर हर्क साम्पाङले ज्येष्ठ नागरिकबाट धरान उत्सव उद्घाटन गराएका छन् । धरानकी ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कट्टुवालले उत्सवको उद्घाटन गरेकी हुन् ।

धरान स्थापनाको १२३वर्ष पुगेको अवसरमा आजबाट धरान उत्सव सुरु भएको हो । ५ दिनसम्म चल्ने उत्सवमा देशभरका विभिन्न पालिकालाई निम्तो गरिएको छ । सोहीक्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पनि धरान पुगेका छन् ।

धरान उत्सवको सुरूमा विभिन्न जातजातिको संस्कृति झल्किने र्‍याली प्रदर्शन गरिएको छ ।

यसअघि धरानका मेयर हर्क साम्पाङले धरान उत्सवमा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा गरेका थिए । प्रधानमन्त्रीले आउन नसक्ने जवाफ दिएपछि उनले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्रीको तस्बिर हटाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस