इलाम-२ मा सुहाङको अग्रता कायमै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

इलाम-२ मा सुहाङको अग्रता कायमै


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङको अग्रता फराकिलो बन्दै गएको छ । 

 फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सबै वडा र माङसेबुङ वडा नम्बर १ को मत गणना सकिँदासम्म नेम्वाङ २ हजार ६१६ मतले अगाडि छन् ।

नेम्वाङले ८ हजार ८९८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन् । उनीहरुबीच २६१८ मतको फरक छ ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ६३४ मतसहित तेस्रो स्थानमा छन् ।रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन् ।

इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १९ जना उम्मेदवार मैदानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस