बझाङ उपनिर्वाचन : काँग्रेस उम्मेदवार सिंहको अग्रता कायमै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बझाङ उपनिर्वाचन : काँग्रेस उम्मेदवार सिंहको अग्रता कायमै


१७ बैशाख २०८१, सोमबार


चैनपुर (बझाङ) ।बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क)मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ । 

प्राप्त परिणामअनुसार काँग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त गरेका छन् । एमालेका  दमनबहादुर भण्डारीले आठ हजार तीन सय ९६, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार एक सय ५३ र  नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार दुई सय ८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । 

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा-९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस