२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिनल्यान्ड र स्विडेनको तापक्रम माइनस ४० डिग्रीभन्दा तल

अ+ अ-

हेलसिन्की । फिनल्यान्ड र स्विडेनमा मङ्गलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ । थर्मोमिटरमा तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ । 

चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ । स्विडेनका रेल अपरेटरहरूले चिसोका  कारण आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन् । 

स्विडेनको सार्वजनिक प्रसारक एसभिटीका अनुसार उत्तरी स्विडेनमा आदिवासी सामी बसोबास गर्ने एउटा सानो गाउँ निक्कालुओक्टामा मङ्गलबार बिहान तापक्रम शून्यदेखि माइनस ४१ दशमलव छ डिग्री सेल्सियस तल पुगेको छ । एसभिटीका मौसमविद् निल्स होल्मक्विस्टले भने, “यो जाडोमा अहिलेसम्मको सबैभन्दा चिसो तापक्रम हो र उत्तरमा धेरै चिसो मौसम रहने छ ।”

स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै स्थानमा शून्यभन्दा ३० डिग्री सेल्सियस तल तापक्रम भएको सूचना दिएको छ । साथै उसले दक्षिणी स्विडेनका लागि हिउँ र हावाको चेतावनी जारी गरेको छ । संस्थानको दोस्रो उच्च चेतावनी आधा रातदेखि बुधबारसम्म लागु हुन्छ । 

छिमेकी फिनल्यान्डमा यो जाडोको चिसो रेकर्ड उत्तरपश्चिमी सहर यलिभिस्कामा गरिएको छ । त्यहाँ मङ्गलबारको प्रारम्भमा तापक्रम शून्यदेखि ३७ दशमलव आठ डिग्री सेल्सियससम्म तल झरेको थियो । पूर्वानुमानकर्ताहरूले पूरै साता केही स्थानमा तापक्रम शून्यदेखि ४० डिग्री सेल्सियससम्म झर्ने बताएका छन् । 

फिनिस राजधानी हेलसिन्कीमा तापक्रम शून्यदेखि १५ र २० डिग्री सेल्सियसको बीचसम्म तल झर्ने अपेक्षा गरिएको थियो । 

दक्षिणी नर्वेको अरेन्डल सहरमा बालबालिकालाई स्कुल जानका लागि समयमै फुटपाथ सफा गर्न सम्भव नभएकाले बुधबार स्कुल बन्द रहने अधिकारीहरूले बताएका छन् । 

डेनिस अधिकारीहरूका अनुसार पूरै क्षेत्रमा कयौँ डुङ्गा कम्पनीहरूले दक्षिणी नर्वेदेखि डेनमार्कसम्मको क्रसिङसहितका केही क्रसिङलाई रद्द गरिएको छ । तीव्र हावाका कारण एउटा मुख्य पुललाई हलुका ट्रेलर भएका सवारीका लागि बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस