१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्मेन्द्र झाको मैथिली कविता संग्रह ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित

अ+ अ-

काठमाडौँ । वरिष्ठ पत्रकार धर्मेन्द्र झाको मैथिली कविता संग्रह ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित भएको छ । झा साहित्यक क्षेत्रमा भने धर्मेन्द्र विह्वल नामले चिनिन्छन् । यो उनको छैठौँ कविता कृति हो ।

मैथिली साहित्यमा प्रयोग धर्मी कविका रूपमा स्थापित विह्वलको यो कृति पनि एक प्रयोग नै हो । उनले यो कृतिमा एकै शीर्षक ‘शहर’मा ५१ वटा कविता अँटाएका छन् ।

यसबाट मैथिली कविताका पाठकहरूले कवि धर्मेन्द्रको विस्तारित कविताको आनन्द लिन सक्नेछन् । मिथिला नाट्यकला परिषद्ले प्रकाशन गरेको यो कविता संग्रह ‘शहरक भीड़मे एसगर हम’मा आवरणसहित सबै चित्रहरू मिथिला चित्रकलाका धरहरा प्रसिद्ध कलाकार एससी सुमनले बनाएका छन् । विह्वलको शब्द र सुमनको चित्रको ‘फ्युजन’ले संग्रहलाइ विशेष बनाएको छ ।

यसअघि विह्वलका ‘रस्ता तकैत जिनगी’ (२०५१), ‘एक सृष्टि एक कविता’ (२०५६), ‘एक समयक बात’ (२०६३), ‘धुवाँएल आकृतिसभ’ (२०६३) र ‘व्योमक ओहि पार’ (२०७८) मैथिली कवितासंग्रह प्रकाशित छन् ।

कृतिको भूमिकामा नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्व सदस्य रमेश रञ्जनले विह्वलका प्रकाशित सबै कृतिका आधारमा उनी कविता र साहित्य लेखनका सबै विधामा उत्तिकै माहिर रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस