२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दाबी

अ+ अ-

तेल अभिव, इजरायल । उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ । 

इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकू समूह (हमास) का लडाकुहरूले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँच , भेन्टिलेसन र ढल पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्षहरू रहेको उल्लेख गरेको छ ।

हालैका हप्ताहरूमा, १६२ औं डिभिजनको कमान्डमा १४ औं रिजर्भ ब्रिगेड कम्ब्याट टिमले गाजा पट्टीमा हमास आतङ्कवादी सङ्गठनका नेता याह्या सिनवारको गोप्य बासस्थान(अपार्टमेन्ट)फेला पारी नष्ट गरेको छ ।

उक्त अपार्टमेन्ट उत्तरी गाजा पट्टीको गाजा शहर नजिकै रहेको इजरायली रक्षा बलले जनाएको छ ।

रक्षा बलका अनुसार, याहलोम युनिटका सैनिकहरूले थप प्राविधिक साधनहरू प्रयोग गरेर अपार्टमेन्टको खोजी गरेका थिए । अपार्टमेन्टको भूमिगत संरचनाको सबैभन्दा तल हमासको रणनीतिक सुरुङ मार्ग रहेको थियो ।

सैनिकहरूले सुरुङ मार्ग हुँदै भित्री महत्त्वपूर्ण सुरुङमा पुगेको र त्यसलाई हमासको सैन्य र राजनीतिक विभागका वरिष्ठ अधिकारीहरूले प्रयोग गर्ने गरेको बताइएको छ । 

‘यो अपार्टमेन्ट लामो र शाखारहित सुरुङ सञ्जालको हिस्सा हो । यसमा हमासका वरिष्ठ अधिकारीहरू सरेका थिए र सञ्चालन गरेका थिए । “उत्तरी गाजा पट्टीमा हमासले २१८ मिटर लामो र २० मिटर गहिरो सुरुङ बनाई आफ्ना रणनीतिक कामहरू गर्दै आएको’, इजरायली रक्षा बलले जनाएको छ, ‘सुरुङभित्र विद्युतीय सञ्जाल, भेन्टिलेसन र ढल निकास पूर्वाधार, लुकेको सामग्री, प्रार्थना कक्ष र विश्राम कक्षहरू फेला पारेका थिए ।’

सुरूङभित्र रहन र लामो समयसम्म यसबाट युद्ध गर्न सम्भव हुनेगरी निर्माण गरिएको थियो । इजरायली सेनाले याहलोम युनिटका सैनिकहरूले सुरुङलाई नष्ट गरेका छन् । 

रक्षा बलले याहलोम युनिटका सैनिकहरूले सुरुङको मार्ग पत्ता लगाएको र सुरूङभित्र सुरक्षा जाँचसमेत गरेको फुटेज साझा गरेको छ । सेनाले हमासको मुख्यालय क्षेत्रमा सुरुङहरू भत्काएको फुटेज पनि साझा गरेको छ । 

गुप्तचर सूचनाको आधारमा लडाकुहरूले हमास आतङ्कवादी सङ्गठनका कार्यकर्ताहरूको दर्जनौं घरहरूमा छापा मारेका र त्यहाँ फेला पारेका विस्फोटक पदार्थहरू नष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस