२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताको ब्याज फिर्ता नभएसम्म लड्छु’

अ+ अ-

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टीकरण दिएका छन् ।

निर्वाचन क्षेत्र चितवन-२ मा मतदातामाझ आयोजित सार्वजनिक सुनुवाइमा बोल्दै उनले आफ्नो बारे भएको टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको बताए ।

उनले सहकारीका बचतकर्ताहरूको पैसा व्याजसम्म फिर्ता नहुञ्जेल लड्ने प्रतिबद्धता जनाए ।

उनले भनेका छन्, ‘सहकारीका विषयलाई लिएर अनेकौँ टीकाटिप्पणी आएका छन् । विभिन्न सहकारीका प्रश्न आएका छन् । कहीँ कतै मेरै नाम जोडिएर आएकोप्रति मेरो ध्यानाकर्षण भएको छ । म मेरो लडाइँमा तपाईँहरूलाई जोड्न चाहन्न म मेरो लडाइँ आफै लड्न सक्षम छु जस्तो लाग्छ । जतिबेला मद्दत चाहिन्छ म तपाईँहरूलाई भनौँला ।’

‘म यति भन्न चाहन्छु मेरो नियतबस मैले कहीँ कतै कसैको हिनामिना गर्ने कार्यमा मेरो सहभागिता संलग्नता छैन । त्यसलाई मैले मेरो आफ्नो ढङ्गले प्रष्ट पारेको छु । यदि हुँदो हो त मलाई नै जोडिएका सहकारीका सञ्चालकहरू जतिपनि छन् सबैलाई कारबाही गरियोस् भनेर मन्त्रीज्यूलाई पत्र दिने साहस हुने थिएन ।’

‘यदि त्यस्तो हुन्थ्यो भने मैले आफैँले मन्त्रीज्यूलाई कारबाही गरियोस् भनेर पत्र बुझाएको पत्र र त्यहाँ मन्त्रीज्यूले लगाउनुभएको तोक आदेश यहाँहरूले देख्न सक्नुहुन्छ । त्यहाँ मैले सहकारीको नामै उल्लेख गरेको छु । मलाई शङ्का आरोप लगाइएको साहारा सहकारी पनि पर्छ । मैले नाम नै किटेर सहभागी जो छन् तीनलाई कारबाही गर्नको लागि भनेको छु । त्यस कारबाहीभित्र आफूलाई अलग राख्ने भए, त्यहाँ त्यस्तो संलग्नता हुने भए आफैँलाई कारबाही गर्ने पत्र बोकेर म मन्त्रालय जानुपर्ने आवश्यकता थिएन । त्यसैले म यो कुरा स्पष्ट पार्न चाहन्छु ।’

‘बचतकर्ताहरूको बचतको एक-एक पाइ ब्याजसम्म फिर्ता नभएसम्म अन्तिमसम्म लड्ने मान्छेको नाम के हो ? भनेर कसैले सोध्यो भने रवि लामिछाने भन्नुहोला । कुनै पनि बचतकर्ताको पैसाको एक-एक हिसाब चुक्ता नभएसम्म निरन्तर लडिरहनेछु । चाहे म हुँ, मेरो मान्छे हुन्, मेरा पार्टीका हुन् मेरा परिवारका हुन् जो कोहीका हुन् म त्यसबाट विमुख हुने छैन ।’

प्रतिक्रिया दिनुहोस