काठमाडौँ । राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।
नेपाल सुपर लिग एनएसएलमा चितवनबाट खेलेका उनले झापासँगको खेलपछि पत्रकारसित सन्यासको घोषणा गरेका हुन् ।
उनले साफ च्याम्पियनसिपपछि नै सन्यासको बारेमा सोचेको तर अहिले सही समय भएकाले सन्यास घोषणा गरेको बताए ।
एक दशकको प्रतीक्षापछि उनले २०७८ सालको भदौमा दशरथ रंगशालमा घरेलु समर्थककमा माझ राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए ।
बारम्बार घरेलु फुटबलको शीर्ष लिग जितिसकेका अनि लिगको उत्कृष्ट गोलकिपर बनेका विशालले नियमित जसो राष्ट्रिय टिममा परे पनि खेल्न पाउने गरेका थिएनन् ।