काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । सेवा आयोगले आज एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेको हो ।
स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह-प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी माग गरेको हो ।
यी सबै पदमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गरिने आयोगले जनाएको छ । आजदेखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ ।
हेर्नुस् सूचना :
