२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिद्धार्थनगर नगरपालिकामा एडिबीको नयाँ परियोजना

अ+ अ-

भैरहवा (रुपन्देही) । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकास-निर्माणका निम्ति सहयोग गर्दै आएको बहुपक्षीय निकाय  एसियाली विकास बैङ्क(एडिबी) ले नयाँ विकास परियोजना सुरु गर्ने भएको छ । सिद्धार्थनगर नगर पालिकाले नगरको विकासका लागि प्रस्ताव गरेको योजनामा एडिबीले सघाउने जानकारी दिएको छ । 

‘हामीले प्रस्ताव गरेका आयोजनामा एडिबीले सहयोग गर्ने जानकारी प्राप्त भएको छ’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने,’अब थप प्रक्रिया अगाडि बढाउँछौँ, परियोजनाले नगरको मुहार फेर्नमा मद्दत पुग्नेछ ।’ उनले आफुहरू नगरको विकासका निम्ति लागिपरेको र अन्य परियोजना पनि नगर क्षेत्रमा समावेश गराउन डटेर लागेको बताए । 

एडिबीको ऋण सहयोगमा नगरपालिका क्षेत्रका सडकमा पैदलयात्री मार्ग, पानीको निकासका निम्ति नाला, साइकल चलाउन बेग्लै बाटो, डण्डा नदीलाई करिडोरको रूपमा विकास गरिनेछ । परियोजनाअन्तर्गत साढे २६ किलोमिटर सडक कालोपत्र गरिनेछ ।

यही मङ्सिर २८ गते एडिबीले नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापन सुधार परियोजना कार्यान्वयन गर्न रु १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको थियो । 

पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृतिक, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त सहायता घोषणा भएको थियो ।

प्रतिक्रिया दिनुहोस