काठमाडौँ । धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ८ः २३ बजे ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु धादिङको मैदी आसपास भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का धादिङ, नुवाकोटलगायतका पहाडी क्षेत्रमा महसुस गरिएको बताइएको छ।
भूकम्पको क्षतिबारे हालसम्म कुनै जानकारी आएको छैन।