२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाबाट फिर्ता ल्याइए २ पुरातात्त्विक सम्पदा

अ+ अ-

काठमाडौँ । अमेरिकाबाट नेपाल फिर्ता ल्याइएका दुईवटा पुरातात्त्विक महत्वको वस्तु पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको छ । जसमा प्रस्तरको श्रीधर विष्णुको मूर्ति र साँघुमाथि उभिएको योगासन मुद्राको नारी मूर्ति अङ्कित काष्ठ टुँडाल रहेका छन् ।

११ औँ शताब्दीको मानिएको श्रीधर विष्णुको मूर्ति ललितपुरको बुङ्मतीस्थित कोटाटोलको बाहिली हिटीबाट सन् १९८० को दशकमा हराएको विभागले बताएको छ ।

त्यस्तै १३ औँ वा १४ औँ शताब्दीको मानिने साँघुमाथि उभिएको योगासन मुद्राको नारी मूर्ति अङ्कित काष्ठ टुँडाल ललितपुरको पाटन दरबार स्क्वायर परिसरबाट हराएको थियो ।

अमेरिकाको न्यूयोर्कस्थित द मेट्रोपोलिटन म्युजियम अफ आर्टमा पुगेका ती कलात्मक वस्तुहरूको उत्पत्तिस्थल नेपाल भएको प्रमाण दिएपछि म्युजियमले नेपालमा फिर्ता दिने निर्णय गरेको पुरातत्त्व विभागले बिहीबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

ती पुरातात्त्विक सम्पदा अमेरिकी म्युजियमले आफ्नै ढुवानी खर्चमा नेपाल पठाएको हो र म्युजियमका वरिष्ठ कलाविद् जोन स्ट्यानली गे ती सम्पदा लिएर बुधबार आफैँ नेपाल आएका थिए ।

विभिन्न समयमा नेपालबाट हराएका पुरातात्त्विक महत्वका सम्पदाहरू धेरै फिर्ता आउन थालेको विभागको भनाइ छ । हालसम्म संयुक्त राज्य अमेरिकाबाट मात्र ७० भन्दा बढी सम्पदा फिर्ता आएका छन् ।

बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटालीबाट गरी कुल १४३ थान मूर्ति तथा कलावस्तु फिर्ताको पहल भइसकेको विभागले विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस