काठमाडौँ । शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । हिजो बुधवार ३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११.७३ अङ्कले बढेर १ हजार ८ सय ५२.७३ विन्दुमा पुगेको छ ।
आज व्यापारबाहेक सबै समूहकाे शेयर बढेको छ । आज बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, विकास बैंक र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज ग्लोबल आईएमई लघुवित्तको शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज ९५ लाख कित्ता शेयर २ अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।