२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनका कारण देश इतिहासमै कमजोर अवस्थामा : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा मनपरितन्त्र चलिरहेको आरोप लगाएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको सन्देश सभा कार्यक्रममा अध्यक्ष ओलीले अहिले अपवित्र गठबन्धन सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको, देशको स्वतन्त्रता कमजोर भएको र सीमा रक्षामा पनि चुकेको बताए ।

उनले देश चालू आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतिशत ब्याजदरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, ऋण काढेर देश चलाउनु पर्ने नाजुक अवस्थामा पुगेको उल्लेख गरे ।

‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुषखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ’, अध्यक्ष ओलीले भने, ‘देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले ल्याएको हो ।’

यो हामीलाई मात्रै नभएर सबै राजनीतिक दल, जनतालाई पनि चिन्ता हुनुपर्ने हो तर सरकारमा सहभागी दल कानमा तेल हालेर बसेको छ । सत्तागठबन्धन दलहरूले देशमा विभाजन र विखण्डनको बिउ रोपेको अध्यक्ष ओलीको आरोप छ ।

‘अहिले कृषिका उर्वर भूमिहरू उजाड हुँदै गएका छन् । दुनियाँमा हाम्रो भन्दा विकट भूगोल भएका देशहरू छन् । भू-परिवेष्टित देशहरू छ । उजाड भूगोल भएका देशहरू छन् तर विकास र समृद्धिका हिसाबले निकै राम्रो फड्को मार्दै गएका छन्’, अध्यक्ष ओलीले भने, ‘पहाडको स्थिति के कस्तो रहेछ ? हामीले निर्माण शुरु गरेका राजमार्ग, बनाएका बाटाहरू, हामी बनाएका पुलपुलेसा, कृषिको आधुनिकीकरण, हामीले अघि बढाएका विकास काम कस्ता रहेछन् ? भन्ने स्थलगत अनुगमन र नयाँ कामका सम्भावनाका बारेमा स्थानीयसँग छलफल गर्नका लागि यो अभियान शुरु गरेको छौँ ।’

सुर्खेतमा आयोजित सन्देश सभालाई संशोधन गर्दै ओलीले देशको स्वाभिमान, देशको अस्तित्व रक्षा र समृद्धिका लागि, भ्रष्टाचार र घुषखोरी अन्त्यको लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस