२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार प्राथमिकता होइन तर अप्ठ्यारो परे सहभागी हुन सकिन्छ : रवि लामिछाने

अ+ अ-

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मूलकलाई आवश्यकता वा अप्ठ्यारो परेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन सक्ने बताएका छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागी हुने विषय भने पार्टीको प्राथमिकता नरहेको जिकिर गरे । तर एउटा राजनीतिक दल भएकाले मूलकलाई ज्यादै अप्ठ्यारो पर्‍यो वा परिस्थिति सिर्जना भयो र आवश्यकता परेको खण्डमा रास्वपा सरकारमा सहभागी हुन सक्ने उनले बताए । 

रास्वपा अहिले सदनमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै उनले अहिले आफ्नो जिम्मेवारी र भूमिका असाध्यै धेरै रहेको जिकिर गरे । अर्थतन्त्र चलायमान बनाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंगलबार दलहरुका नेता र निजी क्षेत्रका अगुवासहितको बैठक गरेका थिए । लामिछानेले सञ्चारकर्मीसँग उक्त बैठकप्रति असन्तुष्टि व्यक्त गरे ।

सर्वदलीय बैठकमा यो दलबाट यो आयो भनेर संख्या गन्ने मात्र काम भएको उनले बताए । अर्थतन्त्र बलियो हुने आधारको खोजी नगरिएकाले खाली देखावटी रुपमा बैठक बोलाइएको टिप्पणी उनले गरे । राष्ट्रिय स्वतन्त्र पार्टी देश र मधेसको भविष्य फेर्न तयारीको साथ मधेसमा आएको दाबी उनले गरे । वर्र्षौदेखि विभेदमा परेको मधेसमा विशेष तयारी गरी आफू एक हप्ताको कार्यक्रमअन्तर्गत आएको बताउँदै लामिछानेले मधेसमै पार्टीको विशेष बैठक पनि राखेको जानकारी दिए । 

काठमाडौंमा भइरहेको प्रदर्शनसँग सरकार डराउनु लज्जास्पद रहेको टिप्पणी उनले गरे । धेरै दलहरु मिलेर बनेको शक्तिशाली सरकार आन्दोलनसँग डराउँदै धरपकडमा उत्रिएको घटना लज्जास्पद भएको उनले बताए । 

स्वतन्त्र रुपमा हिडेका नागरिकलाई समाउदै थुनेको घटना लोकतन्त्रको विशेषताविरुद्ध रहेको बताउँदै लामिछानेले भने ‘लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने जनताको अधिकार हो ।’ रहेको बताए । आफू दुर्गा प्रसाईँको समर्थक वा प्रशंसक नभएको पनि उनले प्रष्टीकरण दिए । पत्रकार भेटघाटमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल, प्रतिनिधिसभा सदस्य मनिष झा, केन्द्रीय सदस्य दीपक बोहोरा, मधेस प्रदेश सभापति तपेश्वर यादव लगायतको उपस्थिति  थियो । 

पत्रकार भेटघाटपछि लामिछानेले चन्द्रपुर–३ स्थित चाँदी नदिमा निर्माणधीन पुलको निरीक्षण गरेका थिए । भेटघाट कार्यक्रमपछि उनले चन्द्रपुर–८ स्थित सन्तपुरको खुला सभालाई सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस