२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचार देश विकासको बाधक’

अ+ अ-

गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले देशको विकासको प्रमुख बाधक भ्रष्टाचार भएको बताएका छन्। 

भ्रष्टाचार देशका लागि ठूलो रोग भएको भन्दै नेता भण्डारीले जबसम्म भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन तबसम्म जनताले आशा गरेअनुसार विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताए । 

गत फागुन ३ गते काठमाडौँस्थित आफ्नै घरमा ग्यास दुर्घटनामा परी सख्त घाइते भएका गुल्मी क्षेत्र नं १ बाट निर्वाचित सांसद भण्डारी दुर्घटनामा परेको नौ महिनापछि पहिलो पटक गृह जिल्ला गुल्मी आएका हुन् । 

डा. भण्डारीले रेसुङ्गा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मुलुक नबनेसम्म भावी सन्ततिका भविष्य पनि नबन्ने भन्दै आफूहरू मुलुक बनाउने अभियानमा लागेको बताए । नेपाल संसारको सबैभन्दा राम्रो देश भएको भन्दै उनले मुलुक राम्रो बने देश अघि बढ्न सक्ने तर्क गरे । गुल्मीलाई नेपालको नमुना जिल्ला बनाउन आफूले कोरेको विकासको गोरेटालाई पूर्णता दिने काममा सधैँ लागिपर्ने उनले विश्वास दिलाए  ।  

शनिबार गुल्मीको सदरमुकाम तम्घासमा सुरु हुन गइरहेको काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न डा. भण्डारी गुल्मी आएका हुन्। दुर्घटनापश्चात् पहिलो पटक पुनर्जीवन पाएर जिल्लामा आएका उनको आगमनले आम जिल्लावासीमा थप खुसी र उत्साह थपिएको काँग्रेसको जिल्ला पार्टी सभापति खिलध्वज पन्थीले बताए । 

दोस्रो जिल्ला सम्मेलनमा काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरू शनिबार गुल्मी आउने कार्यक्रम रहेको पार्टी सभापति पन्थीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस