२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

अ+ अ-

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशनमा ल्याउने भएको छ । विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको सङ्कलन गरेर प्रकाशनमा ल्याउन लागेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा.हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका लोककथा सङ्कलन गरेर प्रकाशनको अन्तिम तयारीमा पुगेको बताए । ‘सौका, भोटे, राउटे, मगर र रानाथारु, डगौराथारुका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्’, उनले भने–’हामीले सबै कथा स्थानीय र नेपाली भाषामा प्रकाशन गरिरहेका छौँ ।’

निर्देशक भट्टले रानाथारुको लोककथा रानाथारु भाषामा, मगरका कथा मगरका भाषामा प्रकाशन हुने बताए ।’दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत यहाँका नौ जिल्लाका लोककथा स्थानीय भाषा र नेपालीमा प्रकाशन हुनेछन्’, उनले भने, ‘हाम्रो धर्म संस्कृति रीतिरिवाज हिजो कस्तो थियो कथाका माध्यमबाट जानकारी मिल्छ ।’ विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्त्वको समेत अध्ययन गर्न लागेको निर्देशक भट्टले जानकारी दिए ।

साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा सङ्कलन अत्यन्तै सकारात्मक कार्य भएको बताए। ‘लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाइ चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितको जनश्रुति निहित हुन्छन्’, उनले भने, ‘यसबाट लोक जीवन बुझ्न सहज हुन्छ ।’

यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्यले यस क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने साहित्यकार कविराज भट्ट बताउछन् । ‘यसले लोक साहित्यको संरक्षण एवं प्रवर्द्धनमा टेवा पुग्छ’, उनले भने, ‘मौखिकरुपमा रहेको साहित्य लिखितरुपमा आएपछि यसपछि अध्ययन अनुसन्धान गर्नेलाई पनि सहज हुन्छ ।’ सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धान तीव्र पारेको हो ।

प्रतिक्रिया दिनुहोस