२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबर आजमलाई पछि पार्दै शुभमन गिल पहिलो वरियतामा

अ+ अ-

काठमाडौँ । आइसीसीको विश्व वरियतामा पाकिस्तानी ब्याट्सम्यान बाबर आजमको दुई वर्षभन्दा लामो वर्चश्व समाप्त भएको छ । उनलाई पछि तान्दै भारतका शुभमन गिल पहिलो स्थानमा उक्लिएका छन् ।

ब्याट्सम्यानको शीर्ष वरियतामा स्थान बनाउने गिल चौथो भारतीय ब्याट्सम्यान हुन् । उनीभन्दा अगाडि सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र बिराट कोहलीले मात्रै पहिलो वरियताको स्वाद चाखेका थिए । गिलले यस वर्ष एक दिवसीयमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले २६ खेलमा ६३ को औसतमा १४४९ रन बनाएका छन् भने उनको करिअर औसत पनि ६१।०२ रहेको छ ।

अर्कोतर्फ बाबर पनि खराब फर्ममा भने छैनन् । जारी विश्वकपमा पनि उनले चारवटा अर्धसतक बनाइसकेका छन् । तर, बाबर र शुभमानबीचको अन्तराल निकै साँघुरो भएकाले प्रदर्शनमा अलिकति तलमाथि हुनासाथ बाबर पछि पर्ने स्थिति थियो । अहिले शुभमानको रेटिङ प्वाइन्ट ८३० र बाबरको ८२४ छ । एक–दुई म्याचमा बाबरको प्रदर्शन राम्रो र शुममानको खराब भयो भने फेरि उलटफेर हुन सक्छ ।

ब्याटिङ वरियतामा भारतका बिराट कोहली चौथो स्थानमा उक्लिएका छन् । विश्वकपमा दुई अविजित शतक र चार अर्धसतक हानेपछि उनले तीन स्थानको फड्को मारेका हुन् । उनी तेस्रो स्थानमा रहेका क्वीन्टन डिककभन्दा एक रेटिङ प्वाइन्टले मात्रै पछाडि छन् । पाचौं नम्बरमा डेभिड वार्नर र छैटौँमा रोहित शर्मा छन् ।

यता, बलिङतर्फ पनि भारतकै वर्चश्व छ । पाकिस्तानका साहिन साह अफ्रिदीको शीर्ष वरियता केही दिनमै भारतका मोहम्मद सिराजले खोसेका छन् । विश्वकपको पछिल्लो म्याचमा साहिनले खराब प्रदर्शन गरेपछि उनी एकै पटक पाचौँ स्थानमा झरेका हुन् । दक्षिण अफ्रिकाका केशव महाराज दोस्रोमा, अष्ट्रेलियाका एडम जाम्पा तेस्रोमा र भारतका कुलदीप यादव चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस