२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैवी प्रकोप सहायता कोषमा लयर्स एसोसिएसनको एक लाख ११ हजार सहयोग

अ+ अ-

काठमाडौँ । डेमोक्रेटिक लयर्स एसोसिएसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु. एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गरेको छ ।

एसोसिएसनले आज भूकम्पपीडित जनताको पुनः स्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम सहयोग गरेको एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

डिएलएले भूकम्पजस्तो दैवी प्रकोपका कारण उत्पन्न भएको उक्त परिस्थितिबाट सयौँको सङ्ख्यामा घाइते भएका नागरिकको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था गर्न तथा भौतिक क्षति भई बासस्थानको भएकाका लागि तत्काल बसोबास र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

डिएलएले भूकम्पबाट ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस दुःखद् परिस्थितिमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णलाई मानवीय सेवामा सहयोग गर्न डिएलएले आग्रह गरेको छ ।

भूकम्पपीडितलाई काँग्रेस तनहुँको सहयोग

यसैबीच नेपाली काँग्रेस तनहुँले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको आज सम्पन्न बैठकले भूकम्पपीडितलाई रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

जसअनुसार पार्टीका तर्फबाट रु. २५ हजार सहयोग गरिएको छ । त्यस्तै जिल्ला कार्यसमिति र गण्डकी प्रदेश कार्यसमितिका सदस्यबाट रु ३४ हजार सङ्कलन भएको छ । थप राहत सङ्कलनका लागि जिल्ला उपसभापति देवकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । उनले भने, “उक्त समितिले पार्टीका सबै तहबाट सहयोग सङ्कलन गर्नेछ । रु एक लाखभन्दा बढी सङ्कलन गरेर प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ ।”

बैठकले भूकम्पबाट घरबारविहीन भएकालाई आवश्यक राहत तदारुकताका साथ समयमै पुर्‍याउन र घाइते भएका सबैको उपचार यथाशीघ्र गर्न सङ्घीय एवं प्रदेश सरकारसँग अनुरोध गरेको छ । बैठकले भूकम्पबाट कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

भूकम्पपीडितका लागि आइएसएमटी कलेजको रु. पाँच लाख

यसैगरी जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण मृत्यु भएकाको सहयोगार्थ आइएसएमटी कलेजले रु. पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ ।

यही कात्तिक १७ गते शुक्रबार मध्यरातिमा जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण मृत्यु भएकाहरूलाई सहयोगार्थ क्याम्पसले रु पाँच लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको आइएसएमटी कलेजका अध्यक्ष योगेश उप्रेतीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस