काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जनपरिचालन कार्यक्रम स्थगित गर्ने गरेको छ । आगामी मंसिर २२ गते काठमाडौँमा गर्न लागेको सो कार्यक्रम स्थगित गरिएको हो ।
आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले जाजरकोट भूकम्पका कारण कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिएका छन् ।
माओवादीले तीनमहिने पार्टी रूपान्तरण अभियानअन्तर्गत उक्त कार्यक्रम गर्ने निर्णय गरेको थियो ।