काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।
बैंकले चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको हो ।
कार्तिक २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न सकिने बैंकले जनाएको छ ।
सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । बैंकले हरेक वर्ष तिहारका अवसरमा सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको छ ।