२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थल प्रमुखसहित तारा एयरका दुई पाइलट निलम्बित

अ+ अ-

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थलका प्रमुख र तारा एयरका दुई पाइलटलाई निलम्बन गरेको छ । राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्मका लागि उनीहरूलाई निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

निलम्बनमा पर्नेहरूमा रामेछाप विमानस्थलका प्रमुख अशोक थापा, तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ रहेका छन् । उनीहरूबिच शुक्रवार बिहान रामेछाप विमानस्थलमा युनिफर्म लगाएकै अवस्थामा कुटाकुट भएको थियो । दुवै क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको हो ।

कुटपिटको घटनापछि श्रेष्ठले जहाज लिएर लुक्ला पुगेका थिए । घटनापछि पनि श्रेष्ठलाई उडान अनुमति दिएका कारण विमानस्थलका प्रमुख थापालाई पनि निलम्बन गरिएको प्राधिकरणका उपप्रबन्धक एवम् सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । घटनाको अनुसन्धान पुरा नहुँदासम्मका लागि निलम्बन गरिएको उनले बताए । भुलले भने, ‘झगडा पछि उडान अनुमति दिन हुँदैनथ्यो । अनुमति दिएकोमा र थप अनुसन्धान गर्नुपर्ने भएकाले थापालाई पनि निलम्बन गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस