२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती

अ+ अ-

जुम्ला । हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् ।

अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन् ।

यहाँका आठवटै स्थानीय तहमा दुई हजार नौ सय ५० हेक्टरमा मार्सीधानको खेती हुने गरेको जिल्लास्थित कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार यस वर्ष धान खेतीमा ब्लाष्ट रोग लागेकाले गत वर्षभन्दा कम उत्पादन हुने अनुमान गरिएको छ । यो याममा किसानले जुम्ली कालीमार्सी धान काटेर घरमा ल्याइसकेको स्थानीय बताउँछन् ।

मार्सीधान कात्तिकको पहिलो साता नै काटेर भित्राइसकेका किसान सुनिता पाण्डेले बताए । “सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी”, उनले भने, “यसको स्वादका साथै रोगसँग प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सीधानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ ।”

राणाशासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सीधानको चामल हुलाकबाट काठमाडौँसम्म पुर्‍याउने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।

जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा मार्सीधान उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधान बालीमा ब्लाष्ट रोगले उत्पादनमा कमी आएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिए ।

तातोपानीको वडा नं ४, ५ र ६ का फाँटमा बढी ब्लाष्ट रोगले क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस