२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसङ्घद्वारा एआईसम्बन्धी उच्चस्तरीय सल्लाहकार निकाय गठन

अ+ अ-

काठमाडौँ । द्रुत गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नियमनका लागि संयुक्त राष्ट्रसङ्घले सल्लाहकार निकाय गठन गरेको छ । गत आइतबार नेपाल भ्रमणमा आउनुअघि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ३९ सदस्यीय ‘एड्भाइजरी बडी स्थापनाको घोषणा गरेका थिए ।

सो निकायमा प्रविधि कम्पनीका कार्यकारीसँगै स्पेनदेखि साउदी अरबियाका सरकारी अधिकारी र अमेरिका, रुस, भारत, जापान लगायत देशका प्राज्ञहरू सदस्य छन् ।

एड्भाइजरी बडीमा प्रविधि कम्पनीका प्रतिनिधिका रूपमा सोनी कम्पनीका प्रमुख प्रविधि अधिकृत हिरोआकी कितानो, ओपनएआईकी सीटीओ मिरा मुरती र माइक्रोसफ्टकी एआई अफिसर नताशा क्र्याम्प्टन लगायत रहेका छन् । चीन, इजिप्ट लगायत देशसमेत ६ वटै महाद्वीपका एआई विज्ञ, कानुन व्यवसायी, प्राध्यापक लगायतलाई सदस्यका रूपमा समेटिएको छ ।

एआईसँग सम्बन्धित सुशासन व्यवस्थापनसँगै एआईलाई कसरी मानव अधिकार, विधिको शासन र सार्वजनिक उन्नतिको दिशामा समाहित गर्न सकिन्छ भन्ने सुझाव दिन यस उच्चस्तरीय एआई सल्लाहकार निकाय गठन गरिएको महासचिव गुटेरेसले बताएका छन् । यस निकायले दिएका सुझाव र सिफारिसहरू लागू गर्न बाध्यकारी नहुने भए पनि सदस्य राष्ट्रहरूलाई एआई नियमनमा सहजता हुने अपेक्षा गरिएको छ । निकायमा एआईका ‘सुपरपावर’ भनिने अमेरिका र चीन सदस्य रहेको र एआई विकासमा भइरहेको एक अर्काको प्रगति नरुचाइरहेका यी देशबीच सहमति जुटाउन कठिन हुने ठानिएको छ ।

गत वर्ष ओपेन एआईले च्याटजीपीटी सार्वजनिक गरे यता एआईमा आधारित यस्ता नयाँ प्रविधिहरूप्रतिको चासो विश्वभर बढिरहेको छ । यस्तोमा एआईले पार्न सक्ने जोखिमबारे पनि अध्यनकर्ताले सतर्क गराउँदै आएका छन् । उनीहरूले एआई नियमनका लागि संयुक्त पहल आवश्यक पर्ने बताइरहे पनि कतिपय देशहरूले आ–आफ्नै तहमा नियमनकारी व्यवस्था लागू गर्न थालेका छन् । राष्ट्रसङ्घको नवनिर्मित निकायले यो वर्षको अन्त्यसम्ममा प्रारम्भिक सुझाव पेश गर्ने र सन् २०२४ को मध्यमा अन्तिम सुझाव पेश गर्ने भनिएको छ ।

एआईका जोखिम र चुनौतीहरू पहिल्याउँदै विकासको लागि प्रविधिको उपयोग गर्न र एआई शासनमा अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने विषयमा राष्ट्रसङ्घीय एड्भाइजरी बडीले अध्ययन गर्नेछ । शुक्रबार हुने पहिलो बैठकमा सदस्यहरूले एआईलाई कसरी नियमन गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल गर्नेछन् । परमाणु ऊर्जाको संयमित र शान्तिपूर्ण उपयोग सुनिश्चित गर्न स्थापना गरिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियोग (आईएईए) जस्तै एआई नियमनलाई पनि छुट्टै निकाय बनाउन आवश्यक छ-छैन भन्नेबारे पनि एड्भाइजरी बडीले धारणा बनाउनेछ ।

यसअघि आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीका प्रमुखहरूसँगको बैठकमा एआईसँग सम्बन्धित विविध विषयहरूको नियमन र व्यवस्थापनका लागि आईएईएजस्तै एक निकाय बनाउनुपर्ने विचारमा राष्ट्रसंघका महासचिव गुटेरेसले सहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस