काठमाडौँ । आइसिसी टी–२० विश्वकप छनौट खेल अन्तरगर्तको ओमानविरुद्धको खेलमा चौथो विकेटकारुपमा कप्तान रोहित पौडेल आउट भएका छन् ।
ओमानविरुद्धको खेलमा १२ बल खेल्दै १२ रन बनाएर कप्तान पौडेल आउट भएका हुन् ।
यससँगै, ८ ओभरमा ४ विकेटको क्षतिमा नेपालले ५६ रन बनाएको छ । नेपालले यतिबेला ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसअघि, २६ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भइसकेका छन् । यस्तै, ५ रन बनाएर आसिफ पेभेलियन फर्किँदा सोमपालले १२ रन मात्रै बनाउन सके ।