२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार शर्मामाथि आक्रमणको महासङ्घद्वारा विरोध

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा पत्रकारमाथि आक्रमण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

मंगलबार गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाका अध्यक्ष एवं चारदिशा अनलाइनका सम्पादक ओम शर्मामाथि हातपात भएको थियो । 

एनआरएनएको कार्यालयमा नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा सङ्घ नेपालसहित आयोजित कार्यक्रमका विषयमा समाचार बनाउने उद्देश्यले पत्रकार शर्मा त्यहाँ पुगेको महासङ्घका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, पत्रकार शर्माले समाचार बनाउने उद्देश्यले फोटो खिच्ने क्रममा उनीमाथि राष्ट्रिय युवा सङ्घ नेपालका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको र शर्माको सञ्चार सामग्रीसमेत नियन्त्रणमा लिएर नष्ट गरिदिएको विज्ञप्तिमा उल्लेख छ । 

 एमालेका नेता महेश बस्नेत र एनआरएनएका एक पक्षका अध्यक्ष डा. बद्री केसीको उपस्थितिमा भएको कार्यक्रममा पत्रकार शर्मामाथि भएको आक्रमण निन्दनीय र अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासङ्घको ठहर छ । 

‘प्रेस स्वतन्त्रतालाई कुण्ठित गराउने र लोकतन्त्रको समेत उपहास हुने गरी पत्रकारमाथि अपनाइएको यो गुण्डागर्दी र अराजक शैलीले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण बनेको स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘महासङ्घ यो घटनाको सत्यतथ्य छानबिन गरी दोषी जोकोही भए पनि तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई संवैधानिक स्वतन्त्रता एवं भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस