२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जमुनाह नाकाबाट दुई महिनामा १० करोड बराबरको केरा आयात

अ+ अ-

खजुरा (बाँके) । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्य बराबरको केरा आयात भएको छ ।

चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार चार सय मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको छ । स्थानीय बजार मात्र नभई बर्दिया, सुर्खेत, दाङ हुँदै चितवनको नारायणगढसम्म केरा खपत हुने गरेको छ ।

नेपालगन्जलगायत यस क्षेत्र केरालगायतका फलफूल उत्पादनको अवस्था न्यून छ । केरा उत्पादनका लागि किसान उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यको केराका कारण किसानले उत्पादनतर्फ जोड नदिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।

नेपालगन्ज नाका हुँदै अन्य फलफूल आयात हुँदै आएको छ । स्वदेशी केरा उत्पादक किसानले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन् । भारतबाट केरा आयात गरिएकाले बाँकेमा उत्पादन भएको केरा बिक्री–वितरण हुन नसक्दा किसानले लिएको ऋण जोखिममा पर्ने खतरा रहेको केरा खेती गर्ने किसान देवेन्द्र अधिकारीले बताए ।

उनका अनुसार बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केरा कृषक र आश्रित परिवार बेरोजगारीको चपेटामा परी वैदेशिक रोजगारी जानुपर्ने सम्भावना बढेको छ । बाँके र बर्दिया जिल्लामा चार हजार किसानले दुई हजार पाँच सय हेक्टरमा व्यावसायिक केरा खेती गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस