काठमाडौँ । शनिबार(आज) राति खण्डग्रास चन्द्र ग्रहण लाग्दै छ। ग्रहण राति ११:४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आइतबार बिहान १ः२० बजे ढाक्ने छ । आइतबार बिहान १ः५९ बजे ग्रहणको मध्य हुनेछ भने आइतबार बिहान २ः३८ बजे ढाक्न छोड्ने छ । बिहान ४ः१२ बजे विरल छायाले ढाक्न छोड्ने छ ।
नेपालका सबै भागबाट खण्डग्रास चन्द्र ग्रहण देख्न सकिने छ। सघन छायाले ढाक्ने अवधि एक घण्टा १८ मिनेटको र विरल छायाले ढाक्ने अवधि चार घण्टा २६ मिनेट हुने बताइएको छ ।
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा सूर्य, पृथ्वी तथा चन्द्रमा एउटै सरल रेखामा रहँदा पृथ्वी बिचमा परेका बेला पृथ्वीको छाया चन्द्रमामा परी पृथ्वीबाट चन्द्र ग्रहण देखिन्छ । यो पूर्णिमाको राति पर्ने गर्दछ ।