२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप इतिहासमै अस्ट्रेलियाको सर्वाधिक फराकिलो जित

अ+ अ-

काठमाडौँ । एक दिवसीय विश्वकपमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि कीर्तिमानी जित हासिल गरेको छ। विश्वकप इतिहासमै सर्वाधिक फराकिलो रन अन्तरको जित निकाल्ने क्रममा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३ सय ९ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। लगातार तेस्रो जितसँगै अस्ट्रेलिया ६ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा उक्लियो।

यसअघि विश्वकप इतिहासमा २०१५ अस्ट्रेलियाले अफगानिस्तानलाई २ सय ७५ रनले हराएको जित सर्वाधिक फराकिलो जितका रूपमा रहेको थियो। त्यस्तै भारतले बर्मुडालाई २००७ मा २ सय ५७ रन तथा अस्ट्रेलियाले नामिबियालाई २००३ मा २ सय ५६ रनले हराएको थियो।

नेदरल्यान्ड्स विरुद्ध पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले ४०० रनको उच्च स्कोर बनाउँदा दुई खेलाडीले शतक र दुई खेलाडीले अर्धशतक प्रहार गरे। अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९९ रनको विशाल लक्ष्य बनाएको थियो।

नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा बुधबार भएको खेलमा ग्लेन म्याक्सवेलले १०६ रनको शतकीय इनिङ खेले। उनले विश्वकपमा सर्वाधिक चाँडो शतकको कीर्तिमान बनाए। उनले ४० बलमा शतक पुरा गरेका थिए।

यसअघि यो कीर्तिमान एडन माक्रमको नाममा रहेको थियो। उनले ४९ बलमा शतक बनाएका थिए। त्यसअघि ओपनर डेभिड वार्नरले ९३ बलमा १०४ रनको शतकीय इनिङ खेलेका थिए। त्यस्तै मार्नस लबुसेनले ६२ रन बनाउँदा स्टिभ स्मिथले ७१ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै जो इंग्लिसले १४ तथा कप्तान प्याट कमिन्सले १२ रनको अविजित इनिङ खेले। नेदरल्यान्डसका लागि लोगन भान बेकले ४ विकेट लिँदा बास ८ लिडले २ र आर्यान दतले १ विकेट लिएका थिए।

४ सय रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले राम्रो सुरुवातका बाबजुत २१ ओभलरमा  ९० रनमानै अलआउट भयो। पहिलो विकेटका लागि २८ रनको साझेदारी गरेको डच टोली थप ६२ रन जोड्दा आफ्ना सम्पूर्ण विकेट गुमाउन बाध्य भयो। विक्रमजित सिंहले २५ रन  बनाउँनु सर्वाधिक रह्यो। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ विकेट लिँदा मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जोस ह्याजलवुड र प्याट कमिन्सले समान १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस