२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविनाशले लिए युएईको पाँचौँ विकेट

अ+ अ-

काठमाडौँ । त्रिदेशीय टी-२० सिरिजमा नेपालले युएईको पाँचौँ विकेट लिएको छ। 

सोमबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले युएईको पाँचौँ विकेट लिएको हो।

अविनाश बोहराले युएईको महत्त्वपूर्ण विकेट लिएको हो। युएईका भ्रित्य अरविन्दलाई अर्धशतक बनाउनबाट बोहराले रोकेका हुन्। अरविन्द ४५ रन बनाएर आउट भए।

त्यसअघि कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफु रनआउट भए। उनी ९ रन बनाएर आउट भएका हुन्।

गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई आउट गरे। खान १८ रन बनाएर आउट भएका हुन्। झाको बल प्रहार गर्नेक्रममा सोमपाल कामीले क्याच आउट गरे। 

सोमपाल कामीले मोहम्मद वासीमलाई आउट गरेका हुन्। उनलाई गुलशन झाले क्याच आउट गरे। वासीम आठ रन बनाएर आउट भएका हुन्।

सोमपालले नै खालिद शाहलाई पहिलो ओभरको छैटौँ बलमा बोल्ड गरेका हुन्। शाह १२ रन बनाएर आउट भए। 

खेलको १८.घ ओभरमा पाँच विकेट गुमाएर युएईले १४५ रन बनाएको छ। 

नेपालले यस सिरिजमा लगातार तीन जित हात पारिसकेको छ। हङकङलाई दुई पटक र युएईलाई एक पटक पराजित गरिसकेको छ।

तीन जित हात पारेसँगै नेपालले शुक्रबार हुने कीर्तिपुर क्रिकेट मैदानमा फाइनल खेल्नेछ। 

त्यसअघि बुधबार युएई र हङकङबीच मुलपानीमा खेल हुनेछ। आइतबार युएईले हङकङलाई ६ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस